काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा सांसद डीपी अर्यालले सभामुख पदमा मनोनयन दर्ता गराएका छन्। उपसभापति अर्यालले सिंहदरबारमा पुगेर शुक्रबार आफ्नो मनाेनयन दर्ता गराएका हुन्।
पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने प्रस्तावक तथा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साललाई समर्थक राखेर अर्यालले उम्मेदवारी दर्ता गराएका हुन्।
सभामुखको निर्वाचन आइतबार हुँदैछ ।






प्रतिक्रिया