अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुख पदमा कांग्रेसले उम्मेदवारी नदिने

सभामुख पदमा कांग्रेसले उम्मेदवारी नदिने


काठमाडौँ-नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ। शुक्रबार बसेको नेपाली कांग्रेसका शीर्ष नेता बैठकले सो निर्णय गरेको हो।

सभामुख पदमा उम्मेदवारी नदिने निर्णय भएको सो पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

उनले भने, ‘जनमतको सम्मान गर्दै शीर्ष नेताको बैठकले सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ । संसदलाई सहमति र सहकार्यको थलो कायम राख्न उम्मेदवारी नदिने निर्णय भएकाे हाे ।’