प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको उपसभामुखमा दाबी गरेको छ।
सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डीपी अर्याललाई समर्थनको नीति लिएको कांग्रेसले उपसभामुखमा दाबी गरेको हो।
सभामुख पदमा कांग्रेसबाट उम्मेदवारी नरहने र उपसभामुखमा दाबी रहने कांग्रेसले जनाएकाे छ।
‘विपक्षी एक ठाउँमा आउँदा पनि जित्न सक्ने अवस्था छैन। संवैधानिक आशय बमोजिम प्रमुख प्रतिपक्षीलाई उपसभामुख पाउने कुरा स्वभाविक हो,’ कांग्रेस स्रोतले भन्यो, ‘जनताको म्यान्डेट अनुसार स्वाभाविक के हो त्यो गर्दै जाऔँ भन्ने हो।’
सभामुख निर्वाचित भएपछि उपसभामुख चयनको प्रक्रिया सुरु हुनेछ।






प्रतिक्रिया