अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इरानी सरकारको नियन्त्रणमा रहेका अमृत झा सकुशल

इरानी सरकारको नियन्त्रणमा रहेका अमृत झा सकुशल


काठमाडौँ-इरानी सरकारको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झा सकुशल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयले पत्रकार सम्मेलनमार्फत ३३ वर्षीय झा उनी हाल त्यहाँको कारागारमा रहेको जानकारी दिएको हो।

मध्यपूर्व तनाब हुनुभन्दा पहिले नै उनी पक्राउ परेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार उनीविरुद्ध जिल्ला अदालतमा मुद्दा चलिरहेको छ। मुद्दा चलिरहेकै कारण उनलाई तत्कालै थप केही गर्ने अवस्था नरहेको मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिए।

झाको विषय अहिलेको द्वन्द्वसँग सम्बन्धित नरहेको पनि मन्त्रालयले प्रस्ट पारेको छ। उनको बारेमा परराष्ट्र मन्त्रालयले थप बुझ्ने काम गरिरहेको र सम्बन्धित पक्षको सम्पर्कमा रहेको क्षेत्रीले बताए।

महोत्तरी घर भई उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ११ बस्दै आएका झा दुबईमा काम गर्नका लागि दुई वर्ष अघि नेपालबाट गएका थिए।