काठमाडौं-प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले गण्डकी प्रदेशका सांसदहरूसँग छलफल गरेका छन्।
शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनले गण्डकी प्रदेशका सांसदहरूसँग उनीहरूको क्षेत्रका समस्या र समाधानका उपायबारे छलफल गरेका हुन्।
यसअघि उनले कोशी, सुदूरपश्चिम, कर्णाली प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए। सो क्रममा स्याङ्जा क्षेत्र नम्बर २ का सांसद झबिलाल डुम्रेले भौतिक पूर्वाधार, स्वास्थ्य, कृषि, पर्यटन, नदी लगायतका विषयमा बुँदागत रुपमा समस्या र समाधानबारे प्रधानमन्त्री शाहलाई जानकारी गराए ।






प्रतिक्रिया