काठमाडौं-प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद (डीपी) अर्यालले आइतबार पद तथा गोपनीयताको शपथ लिने भएका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा चैत २२ गते आइतबार दिउँसो २:३० बजेका लागि शपथ ग्रहणको विशेष समारोह तय गरिएको छ।
सभामुख अर्यालको शपथग्रहण कार्यक्रम राष्ट्रपति भवन शीतल निवासमा हुनेछ । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताका शपथ खुवाउनेछन् ।
यसअघि शुक्रबार भएको सभामुख पदको मनोनयन दर्ताका क्रममा अर्यालको एकल उम्मेदवारी परेको थियो । सोही कारण उनी निर्विरोध निर्वाचित भइसकेका छन् ।






प्रतिक्रिया