अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको प्रेस विज्ञमा दिपा दाहाल नियुक्त

प्रधानमन्त्रीको प्रेस विज्ञमा दिपा दाहाल नियुक्त


काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा पत्रकार दिपा दाहाल नियुक्त भएकी छन्।

शुक्रबार प्रधानमन्त्रीको सल्लाहाकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम पत्रकार दाहाललाई प्रेस तथा अनुसन्धान विज्ञ नियुक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र प्राज्ञिक क्षेत्रमा सक्रिय दाहालले शुक्रबारदेखि नै आफनो कार्यभार सम्हालेकी छन्। दाहालले प्रधानमन्त्री शाहको सञ्चार रणनीति, मिडिया र अनुसन्धानमा भूमिका निर्वाह गर्ने जनाइएको छ।

दाहालसँग रेडियो, टेलिभिजन, छापा र अनलाइनमा काम गरेको अनुभव छ। उनी पछिल्लो समय उकालो डटकममा वरिष्ठ संवाददाताको रुपमा कार्यरत छन्।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पद्यमकन्या बहुमुखी क्याम्पसमा सात वर्षदेखि पत्रकारिता अध्यापन गर्दै आएकी दाहाल पत्रकारिता, सञ्चार सिप र मौलिक नेतृत्वको प्रशिक्षक पनि हुन्। उनले ‘कोभिडः नसोचेको, नभोगेको संकट’ पुस्तक लेखेकी छन्।