अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उद्योगपत्ती शंकर अग्रवाल पक्राउ

उद्योगपत्ती शंकर अग्रवाल पक्राउ


काठमाडौं-शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ।

सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा सीआईबीले उनलाई हिजो पक्राउ गरेको हो। हिजै बयान पनि लिएर उनलाई जिल्ला प्रहरी परीसर ललितपुरको हिरासतमा राखिएको छ।

शंकर अग्रवाल नेपालको एउटा प्रमुख व्यावसायिक घराना शंकर ग्रुपका अध्यक्ष हुन्। शंकर अग्रवालले पछिल्लो समय छोराहरू साहिल र सुलभसहित व्यवसायी दीपक भट्टसँग साझेदारीमा अफ्नो व्यवसाय विस्तार गर्दै आइरहेका थिए।
बिहीबार सम्पत्ति शुद्धीकरण अनुसन्धानको क्रममा पक्राउ परेका व्यवसायी भट्टसँग अग्रवाल जोडिएको मुद्दामा छानविन गर्न पक्राउ गरिएको बुझिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा बिहीबार सीआईबीबाट पक्राउ परेका भट्टलाई जिल्ला अदालत काठमाडौँले १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

भट्टसहित उनका साझेदारहरूलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ५ अर्ब बढीको विगोसहित मुद्दा चलाउने तयारी गरेको छ।