अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

श्रम संस्कृति पार्टीले उपसभामुखमा उम्मेद्वारी दिने

श्रम संस्कृति पार्टीले उपसभामुखमा उम्मेद्वारी दिने


काठमाडौं- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा उपसभामुखमा उम्मेदवारी दिने भएको छ।

पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङका अनुसार पार्टीले उपसभामुखमा महिला उम्मेदवार उठाउने भएको हो। उनले सामाजिक सञ्जालमार्फत सभामुखमा निर्विरोध चयन भएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उपसभापति डोलप्रसाद अर्याललाई बधाइ दिँदै उक्त जानकारी दिएका हुन्।

उनले अब हुने उपसभामुख चयनको निर्वाचनमा नयाँले नयाँलाई भोटहाल्छ कि उही पुरानालाई भन्दै प्रश्न समेत गरेका छन्।

ुसभामुख निर्विरोध चयन हुनु भएकोमा बधाई दिइसक्यौँ अब उपसभामुख चयनको निर्वाचन हुँदैछ । हामी महिला उम्मेदवार खडा गर्दैछौँ, उनले भने, हेरौँ नयाँले नयाँलाई भोटहाल्छ कि उही पुरानालाई । ७ भोट आउँछ कि १८९?