काठमाडौँ-नेकपा एमालेले राष्ट्रिय सभाको उपाध्यक्षमा राष्ट्रिय सभा सदस्य लीला कुमारी भण्डारीलाई उम्मेदवार बनाउने भएको छ।
आज बसेको एमाले राष्ट्रिय सभा संसदीय दलको बैठकले भण्डारीलाई उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको सांसद सोमनाथ पोर्तेलले जानकारी दिए ।
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको समय तोकिएको छ।
यसअघि पनि एमालेकी विमला सुवेदी उपाध्यक्ष थिइन्। उनको ६ बर्से कार्यकाल पूरा भएपछि उपाध्यक्ष पद खाली रहेको थियो ।






प्रतिक्रिया