अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अबदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि साँझ ५ बजेसम्म

अबदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि साँझ ५ बजेसम्म


 काठमाडौं-सरकारले सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्णय गरेको छ। चैत २२ गते आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक संस्थाबाहेकका कार्यालयहरूको कार्यालय समय बिहान ९ देखि ५ बजेसम्म कायम गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार, उक्त समय शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालयका हकमा लागू हुनेछ। ‘शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयहरूको कार्यालय समय बिहान ९ देखि ५ बजेसम्म कायम गरिएको छ,’ पोखरेलले भने।