काठमाडौं – साताको पहिलो कारोबारको दिनमै शेयर बजार भारी अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०५.५० अंकले घटेर बजार २७ सयको बिन्दुबाट घटेर २६ सय ७६ दशमलव ६८ को बिन्दुमा कायम भएको छ ।
आज ३४५ कम्पनीको ३ करोड १२ लाख ६ हजार कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ३८ करोड ९ लाख रुपैयाँ शेयर कारोबार भएको छ। आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ५८ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, शिवम् सिमेन्टको ४५ करोड २५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी र होटल फरेष्ट इनका लगानीकर्ताले कमाएका छन् । आज यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
त्यस्तै, आज सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंक, हिमालयन रिइन्स्योरेन्स र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यी तिन कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
आज नेप्सेमा १३ वटै सेक्टर राताम्मै देखिएको छ। नेप्से १०५ अंकले घट्दा सबैभन्दा बढी अन्य सेक्टरका कम्पनी ६.०९ अंकले घटेको छ। त्यस्तै, हाइड्रोपावर सेक्टर ४.८४ प्रतिशत, डेभलपमेन्ट सेक्टरको बैंकको ४.३२ प्रतिशत, बैकिङ्ग सेक्टर ३.३२ प्रतिशतले घटेको छ।






प्रतिक्रिया