अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रेखा शर्मालाई थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश

रेखा शर्मालाई थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश


काठमाडौंँ-काठमाडौँ जिल्ला अदालतले बालबालिका सम्बन्धी कसुरमा पक्राउ परेकी प्रदेश पूर्वसांसद रेखा शर्मालाई हिरासतबाट मुक्त गरी अनुसन्धान गर्न आदेश दिएको छ।

जिल्ला न्यायाधीश श्री जगतबहादुर पौडेलको इजलासले शर्मालाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको भन्दै थुनामुक्त गर्न आदेश दिएको हो। 

म्याद थपका लागि अदालतमा उपस्थित गराइएकी शर्माको मुद्दामा सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो। शर्मामाथि एक नाबालकलाई यातना दिई दास बनाएको आरोप लागेको थियो। अदालतको आदेशमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौं र उच्च सरकारी वकिल कार्यालय, पाटनले शर्माविरुद्ध मुद्दा नचलाउने निर्णय गरिसकेको तथ्यलाई मुख्य आधार मानिएको छ ।

आदेशमा भनिएको छ, ‘माननीय महान्यायाधिवक्ताबाट तोकी आएअनुसार उल्लेखित आधार र कारणका आधारमा शंकित रेखा कुमारी शर्मा उपर मुद्दा नचल्ने भै आएको निर्णय समर्थन गरी अन्तिम फैसला पठाइदिने निर्णय गरिदिएको छ भन्ने महान्यायाधिवक्ताको कार्यालयबाट मिति २०८०-०२-१६ मा निर्णय भइसकेको विषयमा पुनः सोही विषयमा प्रतिवादीलाई थुन्नै राखी मुद्दा गर्नु पर्ने अवस्था नदेखिँदा प्रतिवादी रेखा कुमारी शर्मालाई हिरासतबाट मुक्त गरी मुद्दाको अनुसन्धान गर्नु।’