अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गुल्मीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, ११ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, ११ जना घाइते


गुल्मी-गुल्मीको गुल्मीदरबार गाउँपालिका–४ मिसुकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ११ जना घाइते भएका छन् ।

दुर्घटनामा गुल्मीदरबार–४ की ३५ वर्षीया कृष्णा ढेंगा र ४० वर्षीया मीना सनामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

वीरवासबाट मिसुकातर्फ जाँदै गरेको लु १ च ४९०६ नम्बरको जिप अनियन्त्रित भइ स्थानीय फुलमाया श्रेष्ठको घरमा ठोक्किएको थियो ।

घाइतेहरूलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र श्रृंगारमा पु¥याएर उपचार भइरहेको छ । घाइतेमध्ये २ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।