अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा


काठमाडौं – आज चैत २३ गते देखि देखि सरकारी कार्यालय तथा सार्वजनिक निकाय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म खुल्ने भएका छन्।

हिजो बसेको बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आजदेखि शैक्षिक संस्थाबाहेक सरकारी कार्यालय तथा सार्वजनिक निकाय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म खुला रहने भएका हुन्।

यस्तै आजदेखि सार्वजनिक बिदामा सातामा दुई दिन शनिबार र आइतबार बिदा पनि हुने भएको छ।

यद्यपि शैक्षिक संस्थामा भने यो नियम नयाँ शैक्षिक सत्र सुरु हुने दिन वैशाख १५ देखि लागु हुने सरकारले जनाएको छ।

तर जाडो याम कात्तिक १६ देखि माघ १५ सम्म भने कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म कायम रहने गृह मन्त्रालयद्वारा राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ।