काठमाडौं-नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ। बिहान ११ बजे सिंहदरवारमा बस्ने बैठकमा संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल हुने बताइएको छ।
कांग्रेसकी सांसद बासना थापाले बैठकका एजेण्डाबारे नभनिए पनि संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल हुनसक्ने बताइन् । उनले भनिन्, ‘संसदीय दलको बैठकको एजेण्डा भनिएको छैन । तर, संसदीय दलको नेता चयन गर्नुपर्ने छ ।’
कांग्रेस संसदीय दलको नेतामा अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, भरतबहादुर खड्का, निस्कल राई लगायतको नाम चर्चामा छ।






प्रतिक्रिया