अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 युद्धविराम गर्न इरान र अमेरिका वार्तामा

 युद्धविराम गर्न इरान र अमेरिका वार्तामा


काठमाडौं-इरान र अमेरिकाबीच ४५ दिन युद्धविरामका गर्ने विषयमा वार्ता भइरहेको छ। एक्सियोसको रिपोर्टअनुसार प्रस्तावित सम्झौतामा पहिलो चरण ४५ दिन युद्धविराम गर्ने कुरा छ र यस क्रममा स्थायी शान्तिका लागि वार्ता हुनेछ।

युद्धविराम सम्झौता भएन भने चाहिँ अमेरिका र इजरायलले इरानविरुद्ध ठुलो आक्रमण गर्ने तयारी गरिरेहका छन्। जारी वार्तामा पाकिस्तान, इजिप्ट र टर्कीले मध्यस्थकर्ता गरिरहेका छन्। उनीहरूले आगामी ४८ घण्टा सम्झौताका लागि अन्तिम मौका भएको बताएका छन्।

यसैबीच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरान चाँडै सहमतिमा आएन भने उसका सबै कुरा ध्वस्त पारिने र तेल कब्जा गरिने चेतावनी दिएका छन्।

फक्स न्युजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले भनेका छन्, ‘यदि चाँडै सम्झौता भएन भने म सबै कुरा नष्ट गर्ने र तेल कब्जा गर्ने विचार गरिरहेको छु।’

यद्यपि उनले सम्झौताको सम्भावना अझै समाप्त नभएको पनि बताएका छन्। उनले भने, ‘सम्झौता हुने राम्रो सम्भावना छ र वार्ता जारी छ।’

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा संयुक्त हवाई हमला गरेपछि सुरु भएको युद्ध अझै जारी छ।

बदलामा इरानले इजरायलका साथै अमेरिकी आधाररअड्डा रहेका खाडीका देशहरूमा पनि आक्रमण गर्दा द्वन्द्व मध्यपूर्वभरि फैलिएको छ।

जारी युद्धमा अहिलेसम्म विभिन्न देशमा गरी मारिएकाको संख्या भने ५ हजार नाघिसकेको छ।