अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अब अस्पतालमा पनि शनिबार र आइतबार बन्द, आकस्मिक कक्ष २४ घण्टा नै खुल्ला

अब अस्पतालमा पनि शनिबार र आइतबार बन्द, आकस्मिक कक्ष २४ घण्टा नै खुल्ला


काठमाडौं-अस्पताल पनि शनिबार र आइतबार बन्द हुने भएका छन्। सरकारले सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णय गरेपछि अस्पतालमा पनि लागू गरिएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा शनिबार र आइतबार आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय भएको जनाएको छ। मन्त्रालयका सह-प्रवक्ता डा. समिर अधिकारीले सरकारी निर्णय अस्पतालमा पनि लागू हुने निर्णय गरिएको बताए। 

‘अन्य सार्वजनिक बिदामा पनि अस्पतालका आकस्मिक कक्ष २४ घण्टा नै खुल्ला हुन्छन्। ओपीडी सेवा बन्द हुने हो,’ सह-प्रवक्ता अधिकारीले भने, ‘सरकारी निर्णयपछि अब आइतबार आकस्मिक बाहेकका सेवा बन्द हुन्छन्।’

आइतबार ओपीडी सेवा बन्द हुँदा बिरामी पनि मर्कामा पर्ने भएका छन्। यसमा भने पछि सोच्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ। सह-प्रवक्ता अधिकारीले भने, ‘अहिलेलाई सरकारले गरेको निर्णय नै लागू हुन्छ, बाँकी बिरामीलाई परेको मारका आधारमा निर्णय हुन्छ।’

सातामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारले सोमबारदेखि शुक्रबारसम्म बिहान ९ देखि ५ बजेसम्म कार्यालय समय तोकेको छ।