अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अब बैंक पनि शनिबार र आइतबार नखुल्ने, कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म

अब बैंक पनि शनिबार र आइतबार नखुल्ने, कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म


काठमाडौं-नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि बिदा र कार्यालय समयसम्बन्धी नयाँ प्रावधान लागू गर्ने घोषणा गरेको छ। सरकारले सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णय गरेपछि अस्पतालमा पनि लागू गरिएको हो। 

नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै आजैदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक विदा हुने बताएको हो। 

बैंक तथा वित्तीय संस्था, पूर्वाधार विकास बैंक, नेपाल क्लियरिङ हाउस लिमिटेडले अब सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म कायम गर्नुपर्नेछ। 

यो व्यवस्था २०८२ चैत २३ गतेदेखि कार्यान्वयनमा आउनेछ।

नयाँ नियमसँगै बैंक तथा वित्तीय संस्थाको दैनिक सञ्चालन समयसमेत परिमार्जन गरिएको छ। अब सोमबारदेखि शुक्रबारसम्म कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछ भने सर्वसाधारणका लागि बैंकिङ सेवा बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म उपलब्ध हुनेछ।

केन्द्रीय बैंकको निर्देशनपछि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूले पनि आन्तरिक रूपमा नयाँ तालिका लागू गर्न थालेका छन्।

कर्मचारीहरूलाई तोकिएको समयभन्दा अगाडि, बिहान ८ बजेर ४५ मिनेटसम्ममा कार्यस्थलमा उपस्थित हुन भनिएको छ, ताकि सेवा समयमै सुरू गर्न सकियोस्।

सरकारले इन्धन खपत घटाउने लक्ष्यसहित लिएको निर्णय अनुसार सेवा समयलाई व्यवस्थित गरिएको हो।

यस्तै, जाडो याम (कात्तिक १६ देखि माघ १५) मा भने समय तालिका थप परिवर्तन हुनेछ।

सो अवधिमा कार्यालय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ भने बैंकिङ कारोबार समय बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म सीमित गरिनेछ।

यसअघि बैंकहरू आइतबारदेखि बिहीबार १० देखि ५ बजेसम्म खुल्थे भने शुक्रबार १० देखि ३ बजेसम्म खुला हुन्थे। यो समय तालिका फेर्दा राष्ट्र बैंकलाई जानकारी गराएर र श्रम कानुन अनुसार कर्मचारीलाई भक्ता उपलब्ध गराएर बैंकहरूले ग्राहकलाई सेवा दिदै आएका थिए।