काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै आन्दोलनमा उत्रिँदा साइबर बुलिङमा परेकी अमिशा पराजुलीको उजुरीको आधारमा एक जना पक्राउ परेका छन् ।
२० वर्षीयापराजुलीलाई बुलिङ गर्ने रौतहटको गुजरा नगरपालिका-२ बस्ने २४ वर्षीय अभिषेक चौधरी पक्राउ परेका हुन्। अनुसन्धान क्रममा सोधपुछ गर्दा आफूले कमेन्ट गरेको स्वीकार गरेको उनले स्वीकार गरेका छन्।
उनले अमिशामाथि अपशब्द प्रयोग गर्दै कमेन्ट गरेका थिए। आफूमाथि डिजिटल यौनहिंसा भएको भन्दै अमिशाले चैत १८ गते साइबर ब्युरोमा उजुरी दिएकी थिइन्।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष लीलाई पक्राउ गरिएको विरोधमा सडक प्रदर्शनमा भाग लिएकै कारण आफूमाथि डिजिटल यौनहिंसा भएको भन्दै अमिशाले २०८२ चैत १८ गते साइबर ब्युरोमा उजुरी दिएकी थिइन्।
अमिशाले १९ वटा फेसबुक आइडीविरूद्ध कानुनी कारबाही हुनुपर्ने भन्दै जाहेरी दिएकी छन्। जाहेरी प्राप्ता हुनासाथ कानुनी प्रक्रिया अघि बढाइएको गिरीले जानकारी दिए।






प्रतिक्रिया