अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वदलीय बैठकमा एमालेले भन्यो– सरकारले ‘विघ्नबाधा’ ल्याए प्रतिवाद गर्छौं

सर्वदलीय बैठकमा एमालेले भन्यो– सरकारले ‘विघ्नबाधा’ ल्याए प्रतिवाद गर्छौं


काठमाडौं-नेकपा एमालेले संसदमा विधिको शासन र संविधान प्रदत्त अधिकारको सुनिश्चितताका लागि सरकारलाई खबरदारी गर्ने भएको छ। सङ्घीय संसद् सचिवालयले सोमबार राखेको सर्वदलीय बैठकमा एमालेले यस्तो अडान राखेको हो।

सर्वदलीय बैठकपछि एमाले नेता गुरु बरालले पत्रकारहरुसँग भने, ‘विधिको शासन भित्र कानुनको परिपालनाको विषयमा हामी कुनै विवाद गर्दैनौं, त्यसलाई प्रवलीकरण गर्ने काममा हामी लाग्छौं। जहाँ कानुनको उल्लंघन छ, जहाँ विधिको शासनमा प्रश्न उठ्छ त्यो गम्भीर विषय छ । हामी त्यस विषयमा आवाज बुलन्द गर्ने छौं।’

उनले संविधानको प्रयोग र कार्यान्वयनमा देखिएका चुनौतीका सवालमा संसदमा उठाउने तयारी गरेको समेत जानकारी दिए ।  ‘संविधान प्रदत्त नागरिकका मौलिक अधिकार, राजनीतिक अधिकारका सवालमा आवाज बुलन्द गर्नेछौ’, उनले भने, ‘समानताको हकसँग सम्बन्धित अधिकारहरू सही रूपले प्रयोग गर्न सकौँ ।’