काठमाडौँ-वरिष्ठ अधिवक्ता अग्नि खरेलले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गर्ने कार्य गैरकानुनी भएको दाबी गरेका छन् ।
चैत २३ गते साेमबार केपी ओली र लेखकको तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता खरेलले बन्दी प्रत्यक्षीकरण रिटमा सरकारले चयनमुखी रूपमा दुई जनालाई पक्राउ गरेको बताएका हुन्। बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ।
‘जाहेरीकै आधार र कारण देखाएर पक्राउ गरिएको भए अहिलेको प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङको विषयमा समेतको नाममा पनि जाहेरी परेर तामेली भएको र पछि जगाउने काम भएको छ,’ वरिष्ठ अधिवक्ता खरेलले भने, ‘जाहेरीमा भएको नाममध्ये दुई जनालाई मात्रै किन पक्राउ गरियो ? जाहेरीकै आधारलाई मानेको हो भने अहिलेको प्रधानमन्त्री र गृहमन्त्रीलाई भदौ २३ र २४ को घटनामा पक्राउ किन गरिएन ?’
बहसमा खरेललाई रोक्दै न्यायाधीश विनोद शर्माले भने यहाँ त जाहेरी मध्ये दुई जनालाई मात्रै कारबाही गरी पाउ भनेको छ त ? भन्दै प्रतिप्रश्न गरेका थिए ।






प्रतिक्रिया