अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा बहस सकियो, आदेश आजै आउने

ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा बहस सकियो, आदेश आजै आउने


काठमाडौं-नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण निवेदनमा बहस सकिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सोमबार रिटमाथिको सुनुवाइ सकिएको हाे। बहस सकिएसँगै आजै संक्षिप्त आदेश आउने इजलासले जानकारी दिएको छ। 

अध्यक्ष ओलीको तर्फबाट उनकी पत्नी राधिका शाक्य र लेखकको तर्फबाट पत्नी यशोदा लेखकले दायर गरेको रिटमा आइतबारदेखि सुनुवाइ अगाडि बढेको हो। हेर्दाहेर्दैमा राखिएको निवेदनमा सोमबार गृह मन्त्रालय लगायत विपक्षीको तर्फबाट महान्यायाधिवक्ताको कार्यालयका तर्फबाट बहस भएको थियो। यस्तै निवेदक ओली र लेखकको तर्फबाट जवाफी बहस सकिएसँगै आदेशको तयारी भएको हो। 

यो निवेदनमा न्यायाधीश विनोद शर्मा र सुनील कुमार पोखरेलको इजलासमा सुनुवाइ भएको हो। त्यसअघि अदालतले लिखित जवाफ माग गरेको थियो। सबै विपक्षीको तर्फबाट जवाफ प्राप्त भएसँगै सुनुवाइका लागि आइतबार पेशी तोकिएको हो। 

जेनजी आन्दोलनका घटनाको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार प्रहरीले चैत १४ गते दुवै जनालाई पक्राउ गरेको थियो ।