काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतमुक्त गर्न सर्वोच्च अदालतले आदेश गरेको छ । ११ दिन अघि पक्राउ परेका ओलीलाई तेस्रो पटक म्याद थपिएको थियो । आगामी २६ गते अन्तिम पटक थपिएको म्याद सकिदैछ ।
न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार सुनुवाइ गर्दै उक्त आदेश गरेको हो ।
ओलीको हकमा श्रीमती राधिका शाक्य र लेखकको हकमा श्रीमती यशोदा लेखकले दायर गरेको रिट सर्वोच्चले जारी गरेको हो ।
प्रहरीले गैरकानूनी रूपमा पक्राउ गरी हिरासतमा राखेको भन्दै दायर भएको रिट सर्वोच्चले जारी गरेको हो ।
गौरीबहादुर कार्की आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने भन्दै मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने क्रममा प्रहरीले ओली र लेखकलाई गत चैत १४ गते पक्राउ गरेको थियो ।
दुवै जनालाई प्रहरीले जरूरी पक्राउ पूर्जी दिएर गिरफ्तार गरेको थियो । पछि काठमाडौं जिल्ला अदालतबाट जरूरी पक्राउ पूर्जीलाई समर्थन गराई पटक(पटक म्याद थपको समेत अनुमति पाएको हो ।
प्रहरीले ओली र लेखक दुवैको बयान समेत लिने कार्य सम्पन्न गरिसकेको भए पनि थप अनुसन्धानको कार्य बाँकी नै रहेको भन्दै आइतबार मात्र जिल्ला अदालतबाट ५५ दिनको म्याद थप लिएको थियो ।






प्रतिक्रिया