अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रुपन्देहीमा प्रहरीको गोली लागेर एकजना घाइते, ३ जना पक्राउ

रुपन्देहीमा प्रहरीको गोली लागेर एकजना घाइते, ३ जना पक्राउ


बुटवल-रुपन्देहीमा प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् ।

घाइते हुनेमा रुपन्देहीको रोहिणी गाउँपालिका २ खुरहुरियाका विशाल यादव छन् । वाँया खुट्टाको पिडुलामा गोली लागेर घाइते भएका यादवको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी कृष्णकुमार चन्दका अनुसार रोहिणी गाउँपालिका ४ कोटहवामा लागुऔषध ओसारपसारको सूचनाको आधारमा तीन जना सवार यूपी ५६ एफ ९९०१ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्न खोज्दा भाग्ने क्रममा प्रहरीले गोली चलाएको हो ।

लडेका युवकहरुलाई नियन्त्रणमा लिने क्रममा ढुंगा प्रहार भएपछि एक राउण्ड हवाई फायरसहित दुई राउण्ड गोली प्रहार गरी लागुऔषधसहित तीन जनालाई पक्राउ गरिएको डीएसपी चन्दले बताए ।