अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी प्रदेशका केही भू भागमा आज वर्षा र हिमपातको सम्भावना

यी प्रदेशका केही भू भागमा आज वर्षा र हिमपातको सम्भावना


काठमाडौं- नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । बाँकी भू–भागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार, आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा कोसी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

राति, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुूपश्चिम प्रदेशलगायत वाग्मती र कोसी प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ, बाँकी पहाडी र तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागको थोरै स्थानहरू तथा वाग्मती र कोसी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।