अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्थतन्त्रका विश्वसनीय तथ्याङ्क संकलन गर्न राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल उद्योग परिसंघ बिच समझदारी

अर्थतन्त्रका विश्वसनीय तथ्याङ्क संकलन गर्न राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल उद्योग परिसंघ बिच समझदारी



काठमाडौं- राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल उद्योग परिसंघ (सीएनआई) बिच राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित विश्वसनीय तथ्याङ्क सङ्कलन, विश्लेषण, अनुसन्धान तथा नीति निर्माणमा एक आपसमा समन्वय, सहयोग र सहकार्य गर्ने उद्देश्यले एक महत्वपूर्ण सझदारी भएको छ।
देशको आर्थिक विकास, औद्योगिक विस्तार तथा प्रभावकारी नीति निर्माणका लागि गुणस्तरीय र समयानुकूल तथ्याङ्क अत्यन्त आवश्यक हुन्छ। तथ्याङ्क प्रणाली विकासको लागि राष्ट्रिय रणनीति, दोस्रोले निजी क्षेत्रसँग सम्बन्धित आर्थिक गतिविधिका तथ्याङ्क संकलन, विश्लेषण तथा उपयोगलाई सुदृढ गरी तथ्यांकीय गुणस्तर अभिवृद्धि गर्न सरकारी निकाय र निजी क्षेत्र संघसंस्थासँग सहकार्य समन्वय गर्ने रणनीति अपनाइने व्यवस्था भए बमोजिम दुवै पक्षबीच सहकार्य गर्ने समझदार भएको हो ।
राष्ट्रिय तथ्याङ्क कार्यालयमा आज सोमबार आयोजित एक कार्यक्रममा कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डा.कमल प्रसाद पोख्रेल र परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेको उपस्थितिमा कार्यालयका उप प्रमुख तथ्याङ्क अधिकारी ढुण्डीराज लामिछाने र परिसंघका महानिर्देशक डा. घनश्याम ओझाले हस्ताक्षर गर्नु भएको थियो। उक्त कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयका राष्ट्रिय लेखा शाखा, आर्थिक गणना शाखा, मुल्य तथ्याङ्क शाखा र प्रतिष्ठान गणना तथा सर्वेक्षण शाखाका प्रमुख सहित परिसंघका निर्देशक तथा अन्यको उपस्थिति रहेको थियो ।
सो अवसरमा परिसंघका अध्यक्ष पाण्डेले यो सहकार्यले निजी क्षेत्रसँग सम्बन्धित आर्थिक तथ्याङ्क सङ्कलन, विश्लेषण तथा उपयोगलाई सुदृढ बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको भएको थियो। राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्यांक अधिकारी डा. पोख्रेलले सरकारी तथा निजी क्षेत्रबिच तथ्याङ्क प्रणाली विकासमा सहकार्य, राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित तथ्याङ्कको गुणस्तर सुधार तथा प्रयोग विस्तारमा सहयोगी हुने बताउनु भएको थियो ।
समझदारी अनुसार परिसंघ र कार्यालयबिच राष्ट्रिय आर्थिक गणना, निजी क्षेत्र तथ्याङ्क प्रणाली विकास, नीति अध्ययन तथा अनुसन्धान, तथ्याङ्क आदान(प्रदान, क्षमता विकास, प्रचारप्रसार तथा जनचेतनामा सहकार्य हुनेछ ।