अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक


काठमाडौं-प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। मंगलबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्रीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका उनको सचिवालयले जनाएको छ।

आजको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त गर्ने सम्भावना रहेको छ। यद्यपि मन्त्रिपरिषद् बैठकका एजेन्डाबारे केही खुलाइएको छैन। 

यही चैत १६ गते प्रधानमन्त्री नियुक्त भएका रास्वपाका वरिष्ठ नेता समेत रहेका बालेनले सोही दिन मन्त्रिपरिषद्समेत गठन गरेका थिए। 

मन्त्रिपरिषद्को पहिलो बैठक सोही दिन बसेको थियो। पहिलो बैठकले शासकीय सुधारको सय बुँदे कार्यसूची पारित गरेको थियो। त्यसपछि चैत १६ र २२ गते पनि मन्त्रिपरिषद् बैठक बसको थियो।