अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाचौं नम्बरमा

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाचौं नम्बरमा


काठमाडौं-संघीय मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले क्याविनेटको मर्यादाक्रम हेरफेर गरेका हुन्।

चैत १३ गते मन्त्रिपरिषद् गठन हुँदा गृहमन्त्री सुधन गुरुङको वरीयता तेस्रो नम्बरमा रहेकामा २०८२ चैत २४ गते राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले मर्यादाक्रम हेरफेर गर्दा गृहमन्त्री सुदन गुरुङ पाँचौँ नम्बरमा पुगेका छन् । यसअघि १३ गते उनको वरीयता ३ नम्बरमा थियो ।

प्रधानमन्त्री बालेन्द्र शाहपछिको वरियतामा अर्थमन्त्री स्वर्णिम वाग्ले यथावत छन्।  

यसैगरी अर्थमन्त्री वाग्लेको वरीयता २ नम्बर नै कायम छ भने यसअघि ४ नम्बरमा वरीयता भएका परराष्ट्रमन्त्री शिशिर खनालको वरीयता अहिले ३ नम्बर कायम गरिएको छ। यस्तै ४ नम्बर वरीयतामा राखिएका भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको वरीयता अहिले ६ नम्बरमा रहेको छ भने यसअघि ६ नम्बरको वरीयता रहेका ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको अहिले ४ नम्बर कायम रहेको छ । 

यस्तै यसअघि ७ नम्बरमा रहेका पर्यटनमन्त्री खडक राज पौडेलको वरीयता अहिले १२ नम्बर पुगेको छ भने शिक्षा सस्मित पोखरेलको ८ नम्बरको वरीयता अहिले ११ नम्बर कायम गरिएको छ। 

यस्तै ९ नम्बरमा रहेकी स्वास्थ्यमन्त्री निशा मेहताको १० नम्बर, १० नम्बरमा रहेका डा. विक्रम तिमल्सिनाको वरीयता अहिले १३ नम्बर कायम गरिएको छ । 

यसैगरी यसअघि ११ नम्बरमा रहेकी संघीय मामिला मन्त्री प्रतिभा रावलको अहिले ९ नम्बर, १२ नम्बरमा रहेकी कानुनमन्त्री सोविता गौतमको अहिले ७ नम्बर, १३ नम्बरमा रहेकी कृषि मन्त्री गीता चौधरीको अहिले १४ नम्बर, १४ नम्बरमा रहेका श्रममन्त्री दीपक साहको अहिले पुछारमा वरीयता रहेको छ। यस्तै यसअघि अन्तिममा वरीयता रहेकी महिलामन्त्री सीता वादीको वरीयता ८ नम्बर कायम भएको छ ।

हेरफेरपछि यस्तो छ मर्यादाक्रम