काठमाडौं-मन्त्रिपरिषद् बैठक जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केहीबेरदेखि बैठक बसिरहेको हो।
यसअघि आइतबार मन्त्रिपरिषद् बैठक बसेको थियो। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज आकस्मिक रुपमा बैठक बोलाएका हुन् ।
बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।
बैठकले केही नियुक्ति लगायतका विषयमा निर्णय गर्ने बताइएको छ। आजै बैठकअघि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरुको वरीयता समेत हेरफेर गरेका थिए ।






प्रतिक्रिया