काठमाडौं- नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण पण्डित नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई आगामी पाँच वर्षको कार्यकालका लागि उक्त पदमा नियुक्त गरेको हो।

गत फागुन २४ गते तत्कालीन डेपुटी गभर्नरद्वय डा. नीलम ढुङ्गाना र बमबहादुर मिश्रको कार्यकाल सकिएसँगै राष्ट्र बैंकमा दुई विशिष्ट पद रिक्त थियो । त्यसमध्ये आज एउटा पदमा मात्रै नियुक्त गरिएको छ।
नेपाल राष्ट्र बैंक ऐनमा भएको व्यवस्थाबमोजिम गभर्नर डा. विश्वनाथ पौडेलले रिक्त दुई पदका लागि चार जना कार्यकारी निर्देशकहरूको नाम सरकारसमक्ष सिफारिस गरेका थिए।
नवनियुक्त डेपुटी गभर्नर राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागमा कार्यकारी निर्देशक हुन् । २०८६ सालमा राष्ट्र बैंकमा सेवा प्रवेश गरेको २० वर्षमै उनी डेपुटी गभर्नर बन्न सफल भएका हुन् । पण्डितले यसअघि राष्ट्र बैंकको प्रवक्ताको रूपमा समेत काम गरिसकेका छन् ।






प्रतिक्रिया