अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

याे सरकार विधिको शासनभन्दा बाहिर हिँडेको छ: एमाले सांसद  बराल

याे सरकार विधिको शासनभन्दा बाहिर हिँडेको छ: एमाले सांसद  बराल


काठमाडौं-नेकपा एमालेका सांसद गुरु  बरालले भदौ २३ र २४ गतेको घटनालाई लिएर पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई मुद्दा चलाएकोप्रति आपत्ति जनाएको छ। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बरालले यस्तो आपत्ति जनाएका हुन् । 

सांसद बरालले संविधान र विधिको शासनलाई आज देशभर उल्लङ्घन भइरहेको पनि बताए। उनले विधिको शासन उल्लङ्घन गर्ने अधिकार सरकारलाई नभएको बताए। त्यसैले उनले विधिको शासन पालना गर्न सरकारलाई सुझाव आग्रह गरेका छन्।

सांसद बरालले भने, ‘यो घटनामा सुरक्षा निकायलाई अलगै कार्यदल बनाएर अध्ययन गर्ने, राष्ट्रसेवकहरूको सन्दर्भमा दोस्रो नजिर र पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको सन्दर्भमा तेस्रो नजिर स्थापना गर्न खोजिएको छ। यो खोटपूर्ण कानुन अध्ययन गरेर मुद्दा लगाइँदै छ, यो आपत्तिजनक छ।’

सांसद बरालले एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री लेखकमाथि लगाइएको मुद्दा खारेज गर्न माग गरे।