काठमाडौं-पूर्वपत्नी समेत रहेकी पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गीको उजुरीपछि सञ्चारकर्मी जीपी तिमल्सिना पक्राउ परेका छन् ।
तिमल्सिनाविरूद्ध पूर्वमिस नेपाल तथा अभिनेत्री खड्गीले सोमबार आफूमाथि अभद्र व्यवहार गरेको भन्दै जाहेरी दिएकी थिइन्। साथै, जीपीविरुद्ध धम्की र कुटपिटको प्रयास गरेको आरोप पनि लगाइएको छ।
जाहेरीपछि प्रहरीले सोमबार दुवै पक्षलाई बोलाएर छलफल गराएको थियो। छलफलमा कुरा नमिलेपछि कानुनी प्रक्रियामा अघि बढ्न तिमल्सिनालाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तिमल्सिनामाथि अनुसन्धान भइरहेको छ। २०७९ जेठ २६ गते उषा र जीपीबीच काठमाडौँ जिल्ला अदालतमा सम्बन्धविच्छेद भएको थियो। अलग भएको ६ महिनापछि त्यतिबेला अंशवण्डाको टुंगो नलाग्दै सोहीवर्षको मंसिर १९ मा प्रेमिका सविना अधिकारीसँग जीपीले दोस्रो विवाह गरेका थिए ।






प्रतिक्रिया