अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इरानलाई ट्रम्पको धम्की– आज राति एक सभ्यता समाप्त हुनेछ

इरानलाई ट्रम्पको धम्की– आज राति एक सभ्यता समाप्त हुनेछ


काठमाडौं-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राति इरानको सम्पूर्ण सभ्यताको अन्त्य गर्ने धम्की दिएका छन्। राष्ट्रपति ट्रम्पले इरानमा ४७ वर्षको दमन, भ्रष्टाचार र मृत्युको अन्ततः अन्त्य हुने चेतावनी दिएका हुन्।

ट्रम्पले इरानलाई सम्झौता गर्न वाशिङ्टन समयअनुसार मंगलबार राति ८ बजेसम्मको समय दिएका छन्। तर अहिलेसम्म इरानतर्फबाट कुनै सहमति भएको जानकारी आएको छैन।

यसैबीच ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा लेखेका छन्– ‘आज राति एउटा पूरै सभ्यता मर्नेछ, फेरि कहिल्यै फिर्ता ल्याइने छैन । म त्यो चाहन्न, तर सायद यो हुनेछ ।’

ट्रम्पको चेतावनीसँगै आज राति इरानमाथि ठूलो आक्रमण हुने संकेत देखिएको छ। एकदिन अघि मात्र ट्रम्पले इरानलाई रातारात ध्वस्त पार्न सकिने र त्यो सम्भवतः मंगलबार राति पनि हुनसक्ने बताएका थिए।

ट्रम्पको यो धम्की इरानले तीव्र आक्रमणको सामना गरिरहेको बेला आएको हो। अमेरिकाले आजै (मंगलबार) इरानको खार्ग टापुमा पनि धेरै आक्रमण गरेको छ।

उनले भनेका छन्, “कसलाई थाहा ? हामी आज राति थाहा पाउनेछौं। यो विश्वको लामो र जटिल इतिहासको सबैभन्दा महत्वपूर्ण क्षणहरूमध्ये एक हुनेछ। ४७ वर्षको जबरजस्ती, भ्रष्टाचार र मृत्यु अन्ततः समाप्त हुनेछ। इरानका महान जनतालाई भगवानको आशीर्वाद रहोस्!”