काठमाडौं-गृहमन्त्री सुधन गुरूङले अवैध रूपमा सञ्चालित सबै क्रसर उद्योग बन्द गर्न निर्देशन दिएका छन्। मंगलबार काभ्रेको रोशी खोला पुगेका मन्त्री गुरूङले अवैध रूपमा सञ्चालित सबै क्रसर बन्द गर्न निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ।
‘अवैध क्रसर उद्योग सबै तुरून्त बन्द गर्नू,’ गृहमन्त्री गुरूङले भनेका छन्, ‘नदीजन्य पदार्थ (ढुंगा, गिटी र बालुवा) अवैध रूपमा उत्खनन् गर्दा बाढी पहिरो गयो।’
२०८१ असोजमा रोशी खोलामा बाढी गएको थियो। त्यसले बिपी राजमार्गका करिब २५ किमी क्षति पुर्याएको थियो।






प्रतिक्रिया