अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री शाहले आज २० वटा देशका राजदुतसँग सामुहिक भेटघाट गर्ने

प्रधानमन्त्री शाहले आज २० वटा देशका राजदुतसँग सामुहिक भेटघाट गर्ने


काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आज करिब २० देशका राजदूतसँग एकसाथ भेटवार्ता गर्ने भएका छन् ।

प्रधानमन्त्री शाहले आज मध्याह्न १२ बजे नेपालमा रहेका विभिन्न करिब २० देशका राजदूतसँग भेटवार्ता गर्ने कार्यसूची रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

विगतका प्रधानमन्त्रीहरूले राजदूतहरूलाई एक्लाएक्लै भेट्ने गरेकोमा प्रधानमन्त्री शाहले नयाँ अभ्यासको सुरुवात गर्न लागेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुने भेटमा परराष्ट्रमन्त्री शिशिर खनाल, मुख्य सचिव सुमनराज अर्याल ,परराष्ट्र सचिव अमृतबहादुर राई, शिष्टाचार महापाल प्रमुख कुमार राई, प्रवक्ता तथा सह–सचिव लोकबहादुर पौडेल क्षेत्री पनि सहभागी हुने जनाइएको छ ।