अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिंहदरबारमा ‘कूटनीतिक आचारसंहिता’बारे छलफल

सिंहदरबारमा ‘कूटनीतिक आचारसंहिता’बारे छलफल


काठमाडौँ-परराष्ट्र मन्त्रालयले ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ सम्बन्धी विशेष कार्यक्रम आयोजना गरेको छ ।  बुधबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा मन्त्रीहरू, परराष्ट्र सेवाका कर्मचारीलगायतका पदाधिकारीहरू सहभागी छन् । 

‘कूटनीतिक आचारसंहिताको महत्त्व, यसको प्रभावकारी कार्यान्वयन तथा समसामयिक परराष्ट्र मामिलाका विविध पक्षहरूबारे छलफल भइरहेको छ’, स्रोतले जनाएको छ । 

आजै प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले विभिन्न देशका नेपालस्थित राजदूतहरुसँग छलफल गर्दैछन् ।