काठमाडौं-नेकपा एमालेकी सांसद टुकाभद्र हमालले प्रधानमन्त्री बालेन शाह (बालेन्द्र)ले प्रत्यक्ष निर्वाचित र समानुपातिकतर्फबाट आएका सांसदहरूमा विभेद गरेको भन्दै आपत्ति जनाएकी छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै सांसद हमालले प्रधानमन्त्री शाहले विकास निर्माणका विषयमा प्रत्यक्ष निर्वाचित सांसदसँग मात्रै छलफल गरेर विभेद गरेको आरोप लगाइन्।
उनले सांसदलाई समान रूपले हेर्न पनि माग गरिन् ।

सांसद हमालले भनिन्, ‘प्रत्यक्ष निर्वाचित सांसदहरूलाई भेटेर विकास निर्माणको कुरा राख्ने अवसर दिनुभएको सुन्नमा आएको छ। तर समानुपातिकतर्फबाट आएकाहरूलाई त्यो अवसरबाट किन वञ्चित गरियो ?’
सांसद हमालले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गैरकानुनी थुनामा राखिएको भन्दै रिहाइ गर्न पनि माग गरिन्।






प्रतिक्रिया