अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सार्वजनिक यातायातको भाडा बढ्यो, कुनमा कति ?

सार्वजनिक यातायातको भाडा बढ्यो, कुनमा कति ?


काठमाडौं-सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सरकारले सवारी भाडा समायोजन गरेको हो । 

यात्रुवाहक सार्वजनिक सवारी साधनको भाडामा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ। त्यसैगरी, मालवाहक सवारी साधनतर्फ पहाडी बाटोमा सञ्चालन हुने सवारीको भाडा २१.६८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने सवारीको भाडा १५.७५ प्रतिशतले समायोजन गरिएको छ।

यातायात व्यवस्था विभागले भाडा समायोजनको स्वीकृतिका लागि मन्त्रालयमा प्रस्ताव पठाएको थियो। भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालले भाडावृद्धिको निर्णय सदर गरेसँगै विभागलाई अनुमति प्राप्त भएको छ। अब विभागले औपचारिक रूपमा सूचना निकालेर जानकारी गराउनेछ।