अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपसभामुख निर्वाचन चैत २७ गते हुने

उपसभामुख निर्वाचन चैत २७ गते हुने


काठमाडौं-उपसभामुख पदका लागि चैत २७ गते निर्वाचन हुने भएको छ। सभामुख डोलप्रसाद अर्यालले उपसभामुख निर्वाचन प्रयोजनका लागि आजै कार्यतालिका प्रकाशन गर्न निर्देशन दिएका छन्।

चैत २२ गते सभामुख निर्वाचन भएको थियो।

प्रतिनिधिसभा बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचन गर्नुपर्ने व्यवस्था छ।

सभामुख रास्वपा उपसभापति अर्याल बनेका थिए। सभामुख र उपसभामुख एकै दलबाट बन्न मिल्दैन।

उपसभामुख रास्वपाबाहेक दलका सांसद निर्वाचित हुनेछन्।