अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं उपत्यकासहित देशका अधिकांश ठाउँमा वर्षा

काठमाडौं उपत्यकासहित देशका अधिकांश ठाउँमा वर्षा


काठमाडौं-पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ।

पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रिएको कारण विभिन्न भूभागमा पानी परिरहेको जल तथा मौसम पूर्वानुनमान महाशाखाले जनाएको छ ।

हाल सुदूरपश्चिम, कर्णाली,गण्डकी, लुम्बिनीको धेरै भूभागमा र कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भेगमा मध्यम खालको  वर्षा भइरहेकाे छ।

मधेश प्रदेशको थोरै ठाउँमा मेघगर्जनसहितको चट्याङ, हावाहुरी र असिनापानीको परिरहेको मौसम पूर्वानुनमान महाशाखाले जनाएको छ ।