काठमाडौँ–सरकारले सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ। यातायात व्यवस्था विभागले यात्रुवाहक सवारी र ढुवानीका सवारीको भाडा समायोजन गरी आजैदेखि लागू गर्ने जनाएको छ।
विभागले इन्धनको मूल्य र अन्य १३ वटा सूचकहरुलाई आधार मानी वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रूपमा नयाँ भाडादर लागू गरेको हो ।
विभागले निकालेको सूचना अनुसार यात्रुवाहक सवारी साधनको भाडामा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ । त्यसैगरी, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २१.६८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले बढाइएको छ।
विभागले २०८२ साउन १ गते सवारी साधनको मूल्य समायोजनका लागि एउटा समिति गठन गरेको थियो । उक्त समितिले टायर, लुब्रिकेन्ट, पार्टपुर्जा र श्रमिकको पारिश्रमिक लगायतका विषयमा बजार अध्ययन गरी बुझाएको प्रतिवेदनका आधारमा यो निर्णय लिइएको हो ।







प्रतिक्रिया