विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका सचिव हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको छ। मुख्यमन्त्री कार्कीकी ९१ वर्षीय आमा जानुकादेवी कार्कीको बुधबार साँझ ७ बजेगौरदहस्थित निवासमै उनको निधन भएको हो।
एक महिना अगाडि उनको खुट्टा भाँचिएपछि बिरामी भएकी थिइन्। विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा उनको खुट्टाको शल्यक्रिया भएको थियो।
स्वर्गीय कार्कीको दुई छोरा छन्। मुख्यमन्त्री कार्कीका दाजु दीपक कार्की नेकपा एमालेका केन्द्रीय सदस्य एवं संविधान सभा सदस्यसमेत हुन् ।
कार्कीका ५ जना छोरी छन् । मुख्यमन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफ्नी आमालाई बचाउन नसकेको उल्लेख गरेका छन् ।






प्रतिक्रिया