अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिका इरान युद्धविरामपछि पनि इजरायलद्वारा लेबनानमा भिषण आक्रमण,इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

अमेरिका इरान युद्धविरामपछि पनि इजरायलद्वारा लेबनानमा भिषण आक्रमण,इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट


काठमाडौं- अमेरिका-इरान युद्धविरामपछि पनि इजरायलले बुधबार लेबनानका धेरै स्थानमा हवाई आक्रमण गरेको छ। जसमा परी २५४ जनाको मृत्यु भएको छ भने १ हजार १६५ जना घाइते भएका छन्।

लेबनानी नागरिक रक्षा टोलीका अनुसार बेरुत, बालबेक, हर्मेल, नाबाटिएह, एले जिल्ला, सिदोन र टायरमा भीषण हमला गरिएको हो।

समाचार एजेन्सी एपीका अनुसार इजरायलले आक्रमण गरेपछि इरानले जलमार्ग होर्मुज स्ट्रेट पुनः बन्द गरेको छ।

यसअघि लडाकु समूह हेज्बुल्लाहले लेबननमा युद्धविराम लागु नभए सम्झौता तोडिने चेतावनी दिएको थियो।

यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्धविराममा ​हेज्बुल्लाह नसमेटिएको बताएका छन्।

तर इरानले अमेरिकालाई पठाएको दशबुँदे युद्धविराम योजनामा हेज्बुल्लाहविरुद्ध पनि आक्रमण बन्द गरिनुपर्ने उल्लेख थियो।

यद्यपि इजरायलले हेज्बुल्लाहमाथि आक्रमण बन्द नगर्ने बताएको थियो।

करिब ४० दिनको युद्धपछि मंगलबार राति अमेरिका र इरानबिच दुई हप्ता युद्धविराम गर्ने सहमति भएको थियो।

युद्ध सदाका लागि अन्त्य गर्ने विषयमा शुक्रबार पाकिस्तानमा इरान र अमेरिकाका प्रतिनिधिबिच वार्ता हुने बताइएको छ।