अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु, २ घाइते

बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु, २ घाइते


जुम्ला-जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको एम्बुलेन्स कालीकोटको खाँडाचक्र नगरपालिकाको मेयर खोलानजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

बुधबार राति ८ बजेतिर दुर्घटना हुँदा एम्बुलेन्स चालक हिमा गाउँपालिका(७ मर्चीगाउँका २६ वर्षीय शक्ति शाही र सोही गाउँपालिका(६ पाथरखोलाका ३२ वर्षीय भीमबहादुर अधिकारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी गणेश ज्ञवालीले जानकारी दिए।

दुर्घटनामा दुई जना घाइते भएका छन्। घाइते हुनेमा सोही गाउँपालिकाका लोकेन्द्र शाही र अक्कल अधिकारी रहेको र दुवै जनाको उपचार जिल्ला अस्पतालमा भइरहेको सूचना अधिकारी ज्ञवालीले बताए। रासस