काठमाडौं-पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हाजिरी जमानीमा छाड्ने तयारी भएको छ। सरकारको यस्तो तयारीपछि सम्भवतः उनीहरू आजै हाजिरी जमानीमा रिहा हुनेछन्।
सर्वोच्च अदालतले सोमबार ओली र लेखकलाई सशर्त थुनामुक्तको आदेश दिएको थियो। सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले दिएको आदेशपछि उनीहरुलाई हाजिरी जमानीमा छाड्न लागिएको हो।
थपिएको पाँचदिन भित्र ओली–लेखकमाथि मुद्दा अभियोजन नभए उनीहरूलाई हिरासतमुक्त गर्न सर्वोच्चले परमादेश दिएको थियो ।






प्रतिक्रिया