अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘छोक’ मार्फत योगेशको व्यंग्य : बादल मडारियो,जबज निर्थुक्क भिज्यो

‘छोक’ मार्फत योगेशको व्यंग्य : बादल मडारियो,जबज निर्थुक्क भिज्यो


काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले छोक (छोटो कविता) मार्फत पार्टीका कार्यबाहक अध्यक्ष रामबहादुर थापालाई व्यंग्य गर्नुभएको छ । थापाले हिजो पोखरामा पार्टी भित्र दक्षिणपन्थी अवशरवादले टाउको उठाएको,पार्टी भित्रै दुस्मन रहेको जस्ता शब्दावली प्रयोग गर्दै पार्टीका अन्य नेताहरुको मानमर्दन गरेको आरोप लागेको छ । माओवादी पृष्ठभूमीका थापाले माओवादी शैलीमा नै एमाले नेतृत्वलाई खुइल्याउने काम गरेको भन्दै पार्टी भित्र आलोचना भइरहेका बेला भट्टराईले व्यंग्यात्मक कविता लेखेका छन् ।
कवितामा उनले बादल मडारियो,पानीले जबज निर्थुक्क भिज्यो र मदन तीन छक्क पर्नुभयो भनेका छन् ।

उपमहासचिव भट्टराईले बिहीबार बिहान सामाजिक सञ्जालमा बादलका विषयमा ‘छोटकरी कविता’ लेखेका हुन्।

यस्तो छ उनको कविता(

छोक (छोटकरी कविता)

बादल मडारियो

मुसलधारे वर्षा भयो

जबज निथ्रुक्कै भिज्यो

मदन तीन छक्क पर्नुभयो।

हामी हेरेको हेर्‍यै भयौँ ।

स्वाट्ट बिउँझिएको त कोठामा घाम छिरिसकेको रहेछ ।