काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गैरकानूनी गिरफ्तारी पुष्टि हुन नसकेको बताएका छन्।
अध्यक्ष ओली र पूर्वगृहमन्त्री लेखकको रिहाइपछि महासचिव पोखरेलले गौरीबहादुर कार्की आयोगको पूर्वाग्रही प्रतिवेदनको आधारमा पक्राउ गरिएको भए पनि कुनै औचित्य पुष्टि हुन नसकेको बताएका हुन्।
महासचिव पोखरेलले भनेका छन्, ‘कार्की आयोगको प्रतिसोधी, पूर्वाग्रही र अपूर्ण प्रतिवेदनलाई आधार बनाएर गरिएको गैरकानुनी गिरफ्तारीको १० दिन बित्दा पनि औचित्य पुष्टि हुन सकेन। अन्ततः हाजिरी जमानीको सहारा लिनु पर्यो यसले धेरै प्रश्न उठाएको छ।’






प्रतिक्रिया