काठमाडौं-प्रतिनिधि सभाको उपसभामुखमा राप्रपाले उम्मेदवारी दिने तयारी गरेको छ। राप्रपाका एक नेताका अनुसार सांसद सरस्वती लामालाई उम्मेदवार बनाउने तयारी गरेको छ। लामा राप्रपाको समानुपातिक तर्फबाट सांसद बनेकी हुन् ।
प्रतिनिधिसभा सभामुख रास्वपाबाट भएकाले अब संवैधानिक व्यवस्था अनुसार फरक दल र लिंगको व्यक्ति उपसभामुख चाहिन्छ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र रास्वपा संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीबीच कुराकानी समेत भएको थियो। कुराकानी पछि राप्रपालाई समर्थन गर्ने संकेत दिएको छ।






प्रतिक्रिया