अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपसभामुखमा कांग्रेस, एमाले र नेकपाले श्रम संस्कृति पार्टीको उम्मेदवारलाई समर्थन

उपसभामुखमा कांग्रेस, एमाले र नेकपाले श्रम संस्कृति पार्टीको उम्मेदवारलाई समर्थन


काठमाडौं-नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभाको उपसभामुखमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भएका छन्।

एमालेका नेता एवं सांसद गुरु बरालका अनुसार तीन दलबीच समझदारी जुटेको छ। ‘यसमा हामीले नेपाली कांग्रेस, नेकपा र श्रम संस्कृतिसँग संवाद गर्‍यौँ, प्रतिपक्षीय भूमिकामा रहेर एक जनाको उम्मेदवारी दिउँ भनेर समझदारी बनाएका छौँ,’ बरालले भने, ‘श्रम संस्कृतिकै उम्मेदवारलाई तीनै दलको समर्थन हुन्छ।’ 

अध्यक्ष साम्पाङले आफ्नो दलको तर्फबाट उम्मेदवारी दिने यसअघि नै जानकारी गराइसकेका छन्। उम्मेदवारी दर्ताका लागि २ बजेसम्मको लागि तय भएको छ।